Tathali, Nala Road, Bhaktapur, Nepal
Modern Cancer Hospital

In Nepal

Medical Team


Location


Call
Chemotherapy port – An introduction ( केमो-पोर्ट बारे छोटो जानकारी )
chemoport
केमोथेरापी पोर्ट के हो र यो किन आवश्यक छ ?

  केमोथेरापी पोर्ट एक चिकित्सा उपकरण हो जुन बिरामीको शरीर मा राखिन्छ ।यो छाती को छाला को मुनि, मुख्यतः केमोथेरापी को लागी राखिन्छ । सम्पूर्ण पोर्ट तपाइँको छाला मुनि हुन्छ र पोर्ट को कुनै भाग बाहिर देखिदैन ।


केमोथेरापी पोर्ट किन हालिन्छ ?

यसले केमोथेरापीको दिनको लागी एक बर्षौं चल्ने सुरक्षित बाटो प्रदान गर्दछ। पटकपटक हातको नसाहरु  घोचन्नु पर्दैन।पटक पटक को केमोथेरापीले  नसाहरु सुक्ने, कालो हुने ,काम नगर्ने र नभेट्टिने हुन्छ।

यो हालेपछि आफ्नो दैनिक क्रियाकलाप निस्फिक्री गर्न सकिन्छ


केमोथेरापी पोर्टको अरु प्रयोगहरु

रगत जांचको नमूना लिन 

रगत चढाउन

एन्टिबायोटिक र अन्य औषधि दिन

यो पोर्ट कसरी राखिन्छ?

यो एक छोटो सर्जिकल प्रकृयाद्वारा हालिन्छ। डाक्टर ले तपाईंलाई लठ्याएर वा छोटो समय बेहोस पारेर छातीको छालामुनी हाल्नुहुन्छ। कतपाइँ सर्जरी पछि केहिबेर आराम गरेर घर जान सक्नुहुन्छ।


यो पोर्ट कसरी निकालिन्छ?

सबै केमोथेरापी लगायतको उपचार सक्किएपछि यो निकाल्न मिल्छ।डाक्टर ले तपाईंलाई लठ्याएर सानो सर्जरी गरेर झिक्नु हुन्छ।


पोर्ट राखेपछि ध्यान दिनुपर्ने कुराहरु

पोर्ट लगाएपनि सबै कृयाकलापहरु जस्तै दौडिन, साईकल चलाउन, पौडी खेल्न मिल्छ। X-ray, CT scan, MRI जाँच गर्न मिल्छ ,पोर्टले असर गर्दैन। महिनामा एकपटक सफा गर्नुपर्छ (फ्लस गर्ने)।


केमो-पोर्टको बारेमा थप जानकारीको लागि अस्पतालको फोन नम्बर  01-5091629  वा आफ्नो डाक्टर संग सल्लाह गर्नुहोस ।Folded hands

#chemoport #patientinformation  #cancer  #medicine  #hospital #oncology #क्यान्सर  #Kathmandu  #Nepal