Tathali, Nala Road, Bhaktapur, Nepal
Modern Cancer Hospital

In Nepal

Medical Team


Location


Call
Immunotherapy -इम्युनोथेरापी एक जानकारी

Immunotherapy  के हो?

Immunotherapy  क्यान्सर बिरुद्ध लड्न को लागी रोगी को प्रतिरक्षा प्रणाली लाई सक्रिय बनाएर काम गर्ने क्यान्सरको नयाँ प्रकारको औषधि हो।

मुख्यतया दुई प्रकारको इम्युनोथेरापी औषधि, CAR-T कोशिकाहरु र Checkpoint Inhibitors  हरु उपचारमा प्रभावकारी प्रमाणित भएका छन् ।

कुन इम्युनोथेरापी औषधि नेपालमा उपलब्ध छन्।

हाल Nivolumab र Pembrolizumab नेपाल मा उपलब्ध दुई Immunotherapy औषधि हो । अन्य औषधिहरु आउने प्रक्रियामा छन् र चाँडै उपलब्ध हुनेछन।

इम्युनोथेरापी  को मुल्य  हाल  लगभग 3-4 लाख महिनाको छ । यी औषधीहरु  महंगो भएकाले थोरै बिरामीमा मात्र प्रयोग भैरहेको छ । तर मूल्य घट्दै छ र भबिष्यमा धेरै बिरामीहरुले  इम्युनोथेरापी    प्राप्त गर्नेछन ।

साइड इफेक्ट के के हुन सक्छ ?

Immunotherapy को साइड इफेक्ट अधिकांश बिरामीमा हल्का हुन्छन । तर केहि मानिसमा कडा एलर्जी जस्ता साईड इफेक्ट हुन सक्छ जुन खतरनाक हुन सक्छ ।

कहिले प्रयोग गर्ने ?

यो प्राय: एक अन्तिम उपायको  को रूप मा प्रयोग गरीन्छ । तर बिस्तारै धेरै रोगमा केमथेरापी संगै वा केमोथेरापीको बिकल्पमा प्रयोग गर्न थालिइको छ।

Immunotherpy मुख्यतः दुई तरिकाले काम गर्छ :

  • रोग प्रतिरोधी कोषहरु उत्पादन गर्न को लागी रोग प्रतिरक्षा प्रणाली लाई उत्तेजित गर्दछ।
  • प्रतिरक्षा प्रणालीले र क्यान्सर कोषहरु पहिचान गर्न सजिलो बनाएर

कुन कुन क्यान्सरमा काम गर्छ ?

मूत्राशयको क्यान्सर

ब्रेन क्यान्सर (ब्रेन ट्यूमर)

स्तन क्यान्सर।

पाठेघरको क्यान्सर

कोलो-रेक्टल (ठूलो आन्द्रा)

टाउको र घाँटीको क्यान्सर।

मिर्गौलाको क्यान्सर

कलेजोको क्यान्सर

फोक्सोको क्यान्सर।

ल्युकेमिया।

प्रोस्टेट क्यान्सर

छालाको क्यान्सर

लिम्फोमा

इम्युनोथेरापी कसरी गरिन्छ?

यो सलाईनमा मिसाएर नसाबाट प्रदान गरिन्छ ।

इम्युनोथेरापी  तपाइँको लागी सही उपचार हो हो कि हैन , आफ्नो चिकित्सकसंग सल्लाह गर्नुहोस ।