- ब्रेन ट्यूमर के हो ?
- Primary र Metastatic Brain Tumors
- ब्रेन ट्यूमरका लक्षणहरु के कस्ता देखापर्छन् ?
- लक्षण देखिए के -के जांच गर्नु पर्छ ?
- अपरेसन पछि के गरिन्छ ?
- ब्रेन ट्युमरको उपचार कसरी गरिन्छ ?
- रेडियोथेरापी , केमोथेरापी र टार्गेटेड थेपारी नेपालमै संम्भव छ
- निको हुन्छ त ?
- रेडियोथेरापी गरेपछि स्मरणशक्ति कमजोर हुन्छ र कपाल पनि झर्छ रे ?
ब्रेन ट्यूमर के हो ?
ब्रेन ट्यूमरलाई एक भयावह रोगका रुपमा लिइन्छ ।सामान्य भाषामा भन्दा ट्युमर भनेको कुनैपनि अंगमा अनावश्यक मासु पलाउनु हो ।मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ । मानिसमा 120 भन्दा बढी विभिन्न प्रकारका ब्रेन ट्यूमरहरू हुनसक्छन ।ब्रेन ट्युमर मुख्यत २ खालका हुन्छन
-नबढने खालको (बेनाईन) :
यी ट्युमरहरु नफैलिने वा बिस्तारै बढने खालको हुन्छन ।तर कहिलेकाहि तिनीहरूले मस्तिष्कको भागहरूलाई क्षति पुर्याउन र कम्प्रेस गर्न सक्छन्, जसले गम्भीर समस्या निम्त्याउन सक्छ। मस्तिष्कको महत्त्वपूर्ण क्षेत्रमा अवस्थित बेनाइन ब्रेन ट्युमरहरू जीवन को लागि खतरा हुन सक्छ।बेनाईन ट्युमरका उदाहरण जस्तै Meningioma, pituitary tumors , Neuroma
-बढने खालको (म्यालिग्नेन्ट) –
यी ट्युमरहरु दिमागको अरु भागमा फैलिन सक्छन । यिनलाई क्यान्सर भन्न मिल्छ ।तिनीहरू सामान्यतया छिटो बढ्छन् र मस्तिष्कका बिभिन्न संरचनाहरू वरपर आक्रमण गर्छन्। मस्तिष्कको अत्यावश्यक संरचनामा हुने परिवर्तनहरूको कारणले गर्दा मस्तिष्कको क्यान्सर घातक हुन सक्छ। जस्तै Glioma, Glioblastoma, Astrocytoma,Oligodendro-glioma,Medulloblastoma etc
Primary र Metastatic Brain Tumors
Primary Brain tumor : मस्तिष्क ट्यूमरहरू मस्तिष्कमा सुरु हुने ट्यूमरहरू हुन्। कहिलेकाहि , यी ट्युमरहरू फुटेर मस्तिष्क र मेरुदण्डको अन्य भागहरूमा फैलिन सक्छन्।तर प्राईमरी ब्रेन ट्युमर सरीरको अरु अंगमा फैलिदैन ।
Secondary / Metastatic Brain Tumor : मेटास्टेटिक ब्रेन ट्युमर, जसलाई सेकेन्डरी ब्रेन ट्युमर पनि भनिन्छ, घातक ट्युमरहरू हुन् जुन शरीरको अन्य ठाउँमा क्यान्सरको रूपमा उत्पन्न हुन्छ र त्यसपछि मस्तिष्कमा मेटास्टेसाइज (फैलिन्छ)। मेटास्टेटिक ब्रेन ट्युमर प्राथमिक ब्रेन ट्युमर भन्दा चार गुणा बढी सामान्य हुन्छ।
मस्तिष्कमा सामान्यता फैलिने क्यान्सरहरू निम्न हुन्:
- स्तन क्यान्सर
- कोलोन क्यान्सर
- मृगौला क्यान्सर
- फोक्सोको क्यान्सर

ब्रेन ट्यूमरका लक्षणहरु के कस्ता देखापर्छन् ?
ब्रेन ट्युमर भएमा सुरु-सुरुमा टाउको दुख्ने समस्या बिहानको समयमा बढी हुने गर्छ र पछि लगातार हुने गर्छ । टाउको दुख्नु ब्रेन ट्युमरको सबैभन्दा पहिला लक्षण हो ।
- सिजर वा छारेरोग
- हातगोडामा कमजोरी
- हिंडनमा , उभिनमा , बोल्नमा समस्या
- दोहोरो दृष्टि वा आँखाको समस्या
लक्षण देखिए के -के जांच गर्नु पर्छ ?
सबैभन्दा पहिला लक्षणको आधारमा सिटी स्क्यान(CT Scan) ,एमआरआई (MRI Scan) गरेर ब्रेन ट्युमर भए नभएको एवं यकीन गरिन्छ । प्राय ट्यूमरको पहिलो उपचार भनेको शल्यक्रिया नै हो । तर केही ट्युमरको अपरेसन नगरि पनि उपचार सम्भव हुन्छ ।
अपरेसन पछि के गरिन्छ ?
ब्रेन ट्युमर ग्रेडिङ
ब्रेन ट्युमरको ग्रेडले यो कति गम्भीर छ भनेर थाहा हुन्छ । बायोप्सी नमूना प्रयोग गरेर, यसको ग्रेड निर्धारण गर्न माइक्रोस्कोपमा ट्यूमरको जाँच गरिन्छ । ब्रेन ट्युमर ग्रेडिङ भनेको ब्रेन ट्युमर कोशिकाहरूको र ट्युमर बढ्ने र फैलिने सम्भावना कति छ भनेर संकेत गर्ने एक प्रणाली हो। आजकल बिषेस मोलिकुलर जांचहरुबाट ट्युमरको प्रकृतिबारे थप जानकारी पाउन सकिन्छ ।
विश्व स्वास्थ्य संगठन ट्युमर ग्रेडिङ सिस्टम (WHO Tumor grading system) अनुसार ब्रेन ट्युमर ग्रेडिङ १ (कम आक्रामक) देखि ४ (सबैभन्दा आक्रामक) सम्म प्रयोग गरिन्छ।
ब्रेन ट्युमरको उपचार कसरी गरिन्छ ?
ब्रेन ट्युमरको सबैभन्दा पहिलो उपचार शल्यक्रिया हो। केही ट्युमरहरूको लागि, शल्य चिकित्साबाट हटाउने र निरन्तर निगरानी मात्र गरे मात्र पुग्छ ।
ब्रेन क्यानसर पुष्टि भए पछि हामीले थप उपचार गराउनु पर्ने हुन्छ । जसलाई हामी रेडियो थेरापी र किमोथेरापी भन्छौ । ट्यूमरको अवस्था हेरेर कुन दिने वा दुवै दिने भन्ने निक्र्यौल गरिन्छ ।
रेडियोथेरापी , केमोथेरापी र टार्गेटेड थेपारी नेपालमै संम्भव छ
मस्तिष्कको क्यान्सरको उपचारमा ट्युमरलाई कम गर्न मद्दत गरेर, यसको विकासलाई कम गर्न र/वा यसलाई फिर्ता आउनबाट रोक्न यी उपचार प्रयोग गर्न सकिन्छ।
अहिले नेपालमा पनि ब्रेन ट्यूमरको उपचार भइरहेको छ । हाम्रो देशमा पनि न्यूरोलोजिस्ट वा न्यूरो सर्जनहरु छन् । अहिले नेपालमै ब्रेन ट्यूमरको राम्रो शल्यक्रिया गर्न सकिन्छ । रेडिएसन गर्न तेहि अनुसारको चिकित्सकहरु र टेक्नोलोजि पनि छ । टेक्नोलोजिले गर्दा भारत वा अन्य देशमा भएका उपकरणहरु नेपालमा पनि आइसकेका छन् । त्यसले गर्दा पहिला जस्तो अवस्था छैन । ब्रेन ट्यूमरका बिरामीहरु अब बाहिर जानु पर्ने बाध्यकारी अवस्था छैन ।
ब्रेन ट्युमरमा रोग फर्केपछि प्ररोग गरिने Bevacizumab लगायतका मोलिकुलर टार्गेटेड थेरापी प्रयोग गरिन्छ जुन हाल नेपालमै उपलब्ध छ ।

निको हुन्छ त ?
ब्रेन ट्युमर एक डरलाग्दो रोग हुन सक्छ। यसको उपचारमा तपाईंले विश्वास गर्ने चिकित्सा टोलीसँग साझेदारी गर्नु महत्त्वपूर्ण छ। तपाईको व्यक्तिगत नतिजा कत्तिको सफल हुनेछ धेरै कारकहरूमा निर्भर गर्दछ, जसमा:
- ब्रेन ट्युमरको प्रकार, यसको आकार, ग्रेड र स्थान
- ट्यूमर मस्तिष्क भित्र वा शरीरको अन्य भागहरूमा फैलिएको छ
- तपाईंको उमेर र समग्र स्वास्थ्य
- तपाईलाई ब्रेन ट्युमर भएको पत्ता लाग्नु अघि तपाईमा कति समयसम्म लक्षणहरू थिए
- ब्रेन ट्युमरले तपाईको काम गर्ने क्षमतालाई कति असर गरेको छ
- तपाईंको उपचार टोलीको विशेषज्ञता
रेडियोथेरापी गरेपछि स्मरणशक्ति कमजोर हुन्छ र कपाल पनि झर्छ रे ?
पुरानो प्रबिधिबाट उपचार गर्दा यी समस्याहरु थिए । तर आजकल नयां प्रबिधिले यी समस्या नगराईकन उपचार गर्न सकिन्छ । हामीले काठमाडौं क्यान्सर सेन्टरमा धेरै बिरामी को यो प्रबिधिबाट उपचार गरिसकेका छौं । थप जानकारीको लागि अस्पतालको फोन नम्बर ०१-५०९१६२९ मा सम्पर्क गर्नुहोस।
कपाल झर्ने जोगाउने Scalp Sparing VMAT
धेरै क्यान्सरहरूमा मस्तिष्कमा रेडियोथेरापी आवश्यक हुन्छ। मस्तिष्कमा रेडियोथेरापी लिने बिरामीहरूमा कपाल झर्नु एक सामान्य साइड इफेक्ट हो। परम्परागत रेडियोथेरापीको, कपाल झर्ने उच्च सम्भावनाहरू हुन्छ। तर अब नयाँ विकिरण प्रविधिहरूसँग उपचार गर्दा कपाल झर्ने जोगाउन सकिन्छ।
भोल्युमेट्रिक आर्क थेरापी (VMAT) प्रविधिले टाउकोको छालालाई रेडिएसनबाट बचाउँछ, र धेरै कम कपाल झर्दछ।
– Saving hair during radiotherapy
