तरकारी को बिषादीले कम उमेरमै क्यान्सर : डा आबिश अधिकारी

विषादी भन्नाले सामान्यतया खेतीपाती मा प्रयोग हुने केमिकलहरु (insecticide र pesticide) लाई जनाउँछ। साथसाथै औद्योगिक र घरेलु प्रयोजनमा पनि विषादीको प्रयोग गरिन्छ।

हरेक वर्ष ३० हजारको हाराहारीमा नेपाली लाई क्यान्सर रोग लागिरहेको छ। यसरी भयावह रूपमा क्यान्सर रोग बढ्नुमा कुनै न कुनै रूपमा विषादीको पनि हात छ ।

विषादीको सम्बन्ध विशेष गरी लिम्फोमा (Lymphoma), रक्त क्यान्सर (Leukemia), फोक्सो(Lungs) र स्तन क्यान्सर(Breast), डिम्बाशयको (Ovarian) क्यान्सरसँग जोडिएको छ । क्यान्सर बाहेक अरू दीर्घ रोगहरूसँग पनि यसको सम्बन्ध छ। – World Health Organization

विशेष गरी बालबालिका र कम उमेरका व्यक्तिलाई विषादीको कारणले हुने क्यान्सरको जोखिम बढी छ । खेतमा काम गर्ने किसान र उनीहरूको परिवारलाई विषादीबाट हुने जोखिम पनि सामान्य मानिसभन्दा निकै बढी हुन्छ । खेतबारीमा अत्याधिक विषादीको प्रयोग गर्दा निकै लामो समयपछि पनि त्यसको अंश माटो र खानेकुरामा रहिरहन्छ ।

यसको नकारात्मक असर प्राय गरी दीर्घकालीन हुने हुनाले निकै वर्षपछि सम्म पनि देखिन्छ।

विषादी र क्यान्सरबाट बच्न के गर्ने?

विषादीबाट बच्ने सबैभन्दा राम्रो उपाय आफैं घर करेसा कौसीमा तरकारी उत्पादन गर्ने अथवा अर्ग्यानिक तरकारी फलफुलको प्रयोग हुनसक्छ ।

हाल विश्व स्वास्थ्य सङ्गठन (WHO) र अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी (IARC) ले तीन प्रकारका केमिकल लाई Group 1 carcinogen अर्थात् प्रमाणित रूपमा क्यान्सर गराउने भनेर वर्गीकृत गरेको छ। यो समूहमा Arsenic, lindane र ethylene oxide पर्दछन्। अरू छ वटा विषादीलाई Group 2A र सात वटा लाई Group 2B मा राखिएको छ । सरकारले पनि विषादीको जोखिमबारे जन चेतना कार्यक्रम, विषादी परीक्षण तथा कडा नियमन गरेमा यसको जोखिम घटाउन सकिन्छ ।

Latest posts

  • January Is Thyroid Awareness Month: Separating 5 Truth from Myths.

    January Is Thyroid Awareness Month: Separating 5 Truth from Myths.

    We are providing free OPD checkup for thyroid problems and special discounts for surgery and tests for the month of January. What are common thyroid problems in Nepal? Thyroid disease is a common health condition in Nepal. It is estimated that about 20% of the population in Nepal has some form of thyroid disease. Thyroid…

  • KCC MEANINGFUL CANCER UPDATE 2023

    KCC MEANINGFUL CANCER UPDATE 2023

    Update in latest cancer research. Cancer is a deadly disease that affects millions of people around the world, including Nepal. With new advancements in cancer research and treatment, there is now hope for those battling this disease. However all new research may not be directly applicable to our patients and the benifit are marginal in…

  • KCC’s newly renovated Day Care Chemotherapy Unit provides World-class care

    KCC’s newly renovated Day Care Chemotherapy Unit provides World-class care

    Cancer treatment is usually stressful for patients and care-givers. So relaxation of mind and body is very important for cancer patients. Kathmandu Cancer Center located at Nala Road, Tathali now offers a safe and peaceful treatment  environment for our patients in the newly renovated day care unit. Services provided by the day care unit include…