नेपालमा विश्वस्तरीय केमोथेरापी उपचार

काठमाडौं क्यान्सर केयरमा अन्तर्राष्ट्रिय स्तरको केमोथेरापी उपचार, अब केमोथेरापीको लागि भारत जान आवश्यक छैन

5000+

केमोथेरापी सत्रहरू

98%

सन्तुष्ट रोगीहरू

५००+

भारतबाट फर्किएका बिरामी

24/7

आपतकालीन सेवा

केमोथेरापी उपचार

केमोथेरापी के हो?

केमोथेरापी भनेको क्यान्सरका कोषहरू मार्न प्रयोग गरिने शक्तिशाली औषधिहरूको उपचार हो। यो विशेष गरी तब प्रभावकारी हुन्छ जब क्यान्सर शरीरका विभिन्न भागमा फैलिसकेको हुन्छ।

सरल भाषामा भन्दा: केमोलाई क्यान्सर विरुद्ध लड्ने औषधि सम्झनुहोस् जसले छिटो बढ्ने कोषहरूलाई नष्ट गर्छ।

केमोथेरापीले कसरी काम गर्छ?

केमोथेरापी दिने विधिहरू

प्राय इन्जेक्सनको रूपमा दिइन्छ तर केहि खाने औषधी पनि बनेका छन्। हामी प्रत्येक रोगीको लागि उपयुक्त विधि छान्छौं।

व्यक्तिगत योजना

हामी प्रत्येक रोगीको क्यान्सरको प्रकार, अवस्था र स्वास्थ्यअनुसार व्यक्तिगत केमोथेरापी योजना तयार गर्छौं।

नोट: केही स्वस्थ कोषहरू पनि प्रभावित हुन सक्छन्, जसले गर्दा कपाल झर्ने, थकान महसुस हुने जस्ता समस्या देखिन सक्छ । तर हाम्रो टिमले यी समस्याहरु सजिलो बनाउन सहयोग गर्नेछन

केमो पोर्टको चित्रण - KCC नेपाल

केमो पोर्ट (पोर्ट-ए-क्याथ)

छाला तहत राखिने सानो उपकरणले IV पहुँच सजिलो र सुरक्षित बनाउँछ। यसले केमोथेरापीको अनुभवलाई धेरै सजिलो बनाउँछ।

  • कम सुई घोच्ने आवश्यकता
  • नसामा कम समस्या र जटिलता
  • इन्फ्युजन र रगत निकाल्न सजिलो मार्ग
  • दीर्घकालीन उपचारको लागि सहज

केसीसीमा प्रयोग हुने केहि केमोथेरापी योजनाहरू

अन्तर्राष्ट्रिय दिशानिर्देश अनुसार आधारित योजनाहरू। हामी नेपालमा नै अन्तर्राष्ट्रिय स्तरको उपचार उपलब्ध गराउँछौं।

FOLFOX

ठुलो आन्द्राको क्यान्सरका लागि। प्रत्येक २ हप्तामा ४६ घण्टाको इन्फ्युजन।

Paclitaxel Carboplatin

डिम्बासय (ओभेरी) , फोक्सोका लागि। प्रत्येक ३ हप्तामा।

AC-T

स्तन क्यान्सरका लागि योजना।

R-CHOP

लिम्फोमाको लागि उपचार।

केमोथेरापी उपलब्ध क्यान्सरहरू

हामी विभिन्न प्रकारका क्यान्सरहरूको उपचार गर्छौं। तल केही प्रमुख क्यान्सरहरूको सूची छ:

स्तन क्यान्सर

केमो • लक्षित • हार्मोनल उपचार

फोक्सो क्यान्सर

केमो • लक्षित • प्रतिरक्षा उपचार

रगत क्यान्सर

केमो • प्रतिरक्षा • लक्षित उपचार

पेट क्यान्सर

प्ल्याटिनम-आधारित योजना

मस्तिष्क क्यान्सर

विशेष केमोथेरापी प्रोटोकल

सारकोमा

प्रोटोकल-आधारित केमो

केमोथेरापीका असर र समाधानहरू

सबैले एउटै साइड इफेक्ट अनुभव गर्दैनन्। मान्छे अनुसार फरक-फरक हुन्छ

असर कस्तो महसुस हुन्छ कसरी उपचार गरिन्छ
उल्टी/भोमिट उल्टी महसुस हुने, खानेकुरा पच्न नसक्ने उल्टी रोक्ने औषधि, आहार परामर्श
थकान धेरै थकिएको, शक्ति नभएको महसुस हुने व्यायाम परामर्श
कपाल झर्ने पातलो हुने वा खस्ने विग
रोग प्रतिरोधक कमजोर सर्दी-खोकी लाग्ने सम्भावना बढी नियमित रक्त जाँच, सुझावहरू
मुखमा घाउहरू मुखमा घाउहरू, खान कष्टदायक मुख हेरचाह उत्पादन, विशेष आहार योजना

महत्त्वपूर्ण: ३८°C वा बढी ज्वरो, सास फेर्न गाह्रो, गम्भीर कमजोरी, नयाँ तीव्र दुखाइ वा अन्य गम्भीर लक्षणहरू देखा परेमा तुरुन्त सम्पर्क गर्नुहोस्।

नेपाल र भारतको तुलना

अब नेपालमा कम खर्च, र परिवारसँगको साथमा उच्चस्तरीय उपचार उपलब्ध छ । भारत वा बिदेश जानु आवश्यक नपर्ने भएको छ ।

तथ्य: केसीसीले भारतमा प्रयोग हुने नै आयातित, WHO-GMP प्रमाणित औषधि प्रयोग गर्छ। हामी अन्तर्राष्ट्रिय मानक अनुसार उपचार प्रदान गर्छौं।

कारक नेपाल (केसीसी) भारत (मेट्रो सहर)
खर्च प्रति सत्र NPR १०,००० – ५०,००० ₹२०,००० – ₹१,००,०००+
यात्रा/बसाइ घरमै, परिवारसँग विदेशमा, खर्च बढी
भाषा नेपाली, सजिलो संवाद भाषा अवरोध
खानपान परिचित खाना अपरिचित खाना
गुणस्तर अन्तर्राष्ट्रिय मानक अन्तर्राष्ट्रिय मानक

नेपालमा केमोथेरापीको खर्च

खर्च क्यान्सरको प्रकार, औषधि, र साइकलहरूमा निर्भर गर्दछ। हामी पारदर्शी रूपमा लागत बताउँछौं।

खर्च अनुमान

सामान्य खर्च प्रति सत्र NPR १०,०००–५०,०००
सम्पूर्ण उपचार अवधि NPR १–५ लाख
अतिरिक्त औषधि NPR ५,०००–२०,०००

वित्तीय सहयोग

सञ्चय कोष, SSF

सरकारी योजनाहरू मार्फत वित्तीय सहयोग

बीमा सहयोग

विभिन्न बीमा कम्पनीहरू मार्फत

अन्य सहयोग

गैर-सरकारी संस्था र दानदाताहरू

उपचार अनुमान: पहिलो भेटपछि व्यक्तिगत अनुमान उपलब्ध गराइन्छ। सम्पर्क गर्नुहोस्: ०१-५०९१६२९

बारम्बार सोधिने प्रश्नहरू

केमोथेरापीसम्बन्धी रोगीहरूले सधैं सोध्ने गरेका प्रश्नहरूको संग्रह

केमो सत्र कति समय लाग्छ?

केहीले ३० मिनेट, अन्यले केही घण्टा। नर्सले समय भन्नुहुनेछ। सामान्यतया, पहिलो सत्र बढी समय लाग्न सक्छ किनभने डाक्टर र नर्सहरूले तपाईंलाई नजिकबाट हेर्छन् र कुनै बाधा देखा परेमा तुरुन्त उपचार गर्छन्।

के म काम गर्न सक्छु?

उपचार नभएका दिनहरूमा हल्का काम गर्न सकिन्छ। धेरै रोगीहरूले आंशिक रूपमा काम गर्न सक्छन्, तर थकान महसुस भएमा विश्राम गर्नु राम्रो हुन्छ। केमोथेरापी लिने बेलामा कामको लोड घटाउनु उपयुक्त हुन्छ।

के मेरो कपाल झर्नेछ?

केही औषधिले झराउँछ, केहीले झराउँदैनन्। कपाल झर्नु अस्थायी हो र उपचार पूरा भएपछि फेरि बढ्न थाल्छ।

केमोथेरापी पछि मलाई के खानु उचित हुन्छ?

पौष्टिक आहार लिनु महत्त्वपूर्ण हुन्छ। ताजा फलफूल, सब्जी, प्रोटिनयुक्त खाना र धेरै तरल पदार्थ लिनुहोस्। कच्चा वा आधा पकाएको खाना बाट टाढा रहनुहोस्। हामी आहार विशेषज्ञद्वारा परामर्श सेवा पनि उपलब्ध गराउँछौं।

केमोथेरापीको लागि समय लिनुहोस्

उपचार शुरू गर्नुहोस् वा भारतबाट फर्केर जारी राख्नुहोस्। हामी तपाईंको स्वास्थ्य यात्रामा हरेक चरणमा साथ दिन तयार छौं।

ठेगाना: ताथली ,नालारोड भक्तपुर

कल: ०१-५०९१६२९

WhatsApp: ९८१८२२६२३७

ईमेल: [email protected]