Cancer Guide Chemotherapy FAQ Immunotherapy FAQ

रेडियोथेरापी : Frequently Asked Questions

रेडियोथेरापी क्यान्सरको उपचारमा प्रयोग हुने एउटा उपचार प्रविधि हो । यसमा विशेष विकिरणहरू (Radiation) प्रयोग गरेर क्यान्सरका कोष (cells) लाई मारिन्छ । यसो गर्दा क्यान्सर निको हुने वा नबढ्ने हुन्छ । यसलाई कहीँ-कहीँ रेडियसन थेरापी भन्छन् । नेपालमा ‘सेकाइ गर्ने’ र भारतमा ‘करेन्टले उपचार गर्ने’ भनेको सुनिन्छ, तर यस्ता शब्दले गलत अर्थ दिने भएकाले प्रयोग गर्नु हुँदैन ।

रेडियोथेरापी मुख्यतः क्यान्सर निको पार्न गरिन्छ । केही क्यान्सर रेडियोथेरापी मात्रले नै निको हुन सक्छन्, जस्तै: प्रोस्टेट (Prostate), स्वरयन्त्र (Larynx) वा प्रारम्भिक अवस्थामा रहेको अन्य अंगको क्यान्सर ।

रेडियोथेरापीका प्रकार:

  • Adjuvant Radiotherapy (अपरेसनपछि)
  • Neo Adjuvant Radiotherapy (अपरेसनअघि)
  • Palliative Radiotherapy (लक्षण नियन्त्रण)

क्यान्सरसँग आएका समस्या, जस्तै: हड्डीको दुखाइ, नसा च्यापिएको वा अन्य समस्यामा रेडियोथेरापीले सहयोग गर्छ ।

Linear Accelerator (LINAC)

एउटा अत्याधुनिक मेसिन हो, जसको प्रयोग रेडियोथेरापीमा गरिन्छ । यो मेसिनबाट शक्तिशाली एक्स-रे विकिरण निस्किन्छ । यो मेसिन ठूलो हुन्छ र महँगो पनि । त्यसैले धेरै अस्पतालमा यो सेवा छैन ।

ट्युमरको प्रकार, त्यसको आकार र नापअनुसार कता र कति पटक रेडियोथेरापी दिने भनेर गरिने योजनालाई प्लानिङ भनिन्छ । औषधिको जस्तै रेडियोथेरापीको पनि मात्रा (dose) हुन्छ र यो सबै निर्णय प्लानिङका बेला गरिन्छ ।

CT Simulation बारे थप जान्नुहोस्

प्लानिङ गरेको केही दिनमा रेडियोथेरापी सुरु गर्न सकिन्छ । सामान्यतया सातामा ५ दिन गरेर ५-७ सातासम्म रेडियोथेरापी गरिन्छ । प्रत्येक दिनको रेडियोथेरापी केही मिनेटको मात्र हुन्छ । केही विशेष अवस्थाको क्यान्सरहरूमा १ पटक, ५ पटक वा १० पटक मात्र रेडियोथेरापी दिइन्छ ।

हरेक दिन एउटै ठाउँमा रेडियोथेरापी गर्न सकियोस् भनेर छालामा सानो ट्याटु गरिन्छ । रेडिएसन टेक्नोलोजिस्टले लिन्याक भएको कोठामा लिएर जानुहुन्छ, मेसिन तथा बिरामीको पोजिसन मिलाउनुहुन्छ । रेडियोथेरापीको मुख्य औचित्य नै ट्युमरले विकिरण पाओस्, अरू अंगले सकेसम्म नपाऊन् भन्ने हो ।

दुख्दैन र पोल्दैन पनि! केही साताको रेडियोथेरापीपछि कसै-कसैलाई छाला रातो हुने, चिलाउने हुन सक्छ । ती समस्यालाई औषधिले समाधान गर्न सकिन्छ र रेडियोथेरापी पूरै सकिएको केही सातामा आफैं निको हुन्छन् पनि ।

बस्दैन । रेडियोथेरापीका विकिरण शरीरमा बाँकी रहँदैनन् र अरु कसैलाई पनि हानि गर्दैनन् । रेडियोथेरापी गर्ने कोठाका भित्ता विशेष हुन्छन् ।

थकान:

सामान्य मान्छेभन्दा बढी थकाइ लाग्ने, जाँगर नभएको जस्तो हुन सक्छ ।

छालाका असर:

रातो हुने, सुन्निएको झैं हुने, दुख्ने हुन सक्छ ।

पाचन समस्या:

उल्टी वा पखाला लाग्न सक्छ । यो पनि सहजै उपचार हुन्छ ।

रेडियोथेरापीले क्यान्सर गराउने सम्भावना न्यून छ । एक अध्ययनअनुसार रेडियोथेरापी पाएका हजार बिरामीमध्ये १५ वर्षपछि क्यान्सर हुन सक्ने सम्भावना ५ जनालाई हुन्छ! यो भनेको निकै कम हो ।

थप जानकारीको लागि

हाम्रा रेडिएसन विशेषज्ञहरुसँग सल्लाह लिनुहोस्

अहिले नै सोध्नुहोस्