Posted in

रक्त क्यान्सर (ब्लड क्यान्सर) र रक्त रोगहरू : ८ महत्वपुर्ण  जानकारी

blood cancer nepal

रक्त क्यान्सर के हो?

रक्त क्यान्सर (ब्लड क्यान्सर) भन्नाले बोन म्यारो, रगत, र लिम्फ प्रणालीलाई असर गर्ने क्यान्सर हो।  यो रोग बोनम्यारो मा सुरु हुन्छ र शरीरको अन्य भागहरूमा फैलिन्छ। यो रोगको  नेपालमा हरेक दिन ५-७ नयाँ केसहरू देखिन्छन्, जसमा बच्चादेखि वृद्धसम्म समावेश छन्। 


रक्त क्यान्सरका मुख्य प्रकारहरू

१. एक्युट ल्युकेमिया (Acute Leukemia)

  • एएलएल (ALL): मुख्यतः बच्चाहरूमा देखिने
  • एएमएल (AML): सबैभन्दा खतरनाक प्रकार
  • तुरुन्त उपचार आवश्यक

२. क्रोनिक ल्युकेमिया (Chronic Leukemia)

  • बिस्तारै बढ्ने प्रकार
  • युवाहरूमा बढी देखिने
  • लामो समयसम्म लक्षण नदेखिने

३. लिम्फोमा (Lymphoma)

  • ग्रन्थिहरूमा असर गर्ने
  • बुढाबुढीहरूमा बढी देखिने

४. मल्टिपल मायलोमा (Multiple Myeloma)

  • हड्डीहरूमा असर गर्ने
  • पछिल्लो उमेरमा देखिने

रक्त क्यान्सरका लक्षणहरू :

प्रारम्भिक लक्षणहरू:

  • ज्वरो – बारम्बार आउने
  • अत्यधिक थकान – आराम गरेपछि पनि
  • रक्तश्राव – नाकबाट, दाँतको गिजाबाट रगत बग्ने
  • मुखमा घाउ -लामो समय निको नहुने
  • सास फेर्न गाह्रो – हिँड्दा स्वाँ-स्वाँ हुने

गम्भीर लक्षणहरू:

  • शरीरमा नीला धब्बाहरू
  • गाँठागुठी देखिने
  • तौल घट्ने
  • रातमा पसिना आउने
  • संक्रमण बारम्बार हुने

प्रमुख रक्त क्यान्सरहरू :

प्रकारको असर गर्छ?उपचार विकल्प
ALL (Acute Lymphoblastic Leukemia)बच्चाहरूकेमोथेरापी, BMT
AML (Acute Myeloid Leukemia)युवाकेमोथेरापी, BMT
CML (Chronic Myeloid Leukemia)युवा, प्रौढटार्गेटेड थेरापी (Imatinib)
लिम्फोमा (Hodgkin/Non-Hodgkin)सबै उमेरकेमोथेरापी, Immunotherapy
मल्टिपल मायलोमावृद्धकेमोथेरापी, स्टेम सेल ट्रान्सप्लान्ट

रक्त क्यान्सरका लक्षणहरू – तुरुन्त चिकित्सक भेट्नुहोस्

  • लगातार ज्वरो
  • अनियन्त्रित रक्तश्राव
  • अत्यधिक थकान
  • शरीरमा नीला दाग
  • बारम्बार संक्रमण

🏥 काठमाडौं क्यान्सर सेन्टरमै किन उपचार गराउने?

सस्तो उपचार
भारतको तुलनामा लगभग आधा खर्चमा ब्लड क्यान्सर (रक्त क्यान्सर) उपचार।

विशेषज्ञ टिम
अन्तर्राष्ट्रिय स्तरमा प्रशिक्षित युवा हेमाटोलोजी टिम — समर्पित हेमाटो-ओन्कोलोजिस्ट, BMT विशेषज्ञ र बाल विशेषज्ञ।

२४/७ ब्लड बैंक सुविधा
स्थानीय रक्तदाता नेटवर्क, आपतकालीन ब्लड सपोर्ट, सुरक्षित र भरपर्दो सेवा।

घरपरिवारसँगै उपचारको सुविधा
नजिकैको बसोबास, मनोबल वृद्धिका लागि परिवारको साथ — टाढा भारत जानुपर्ने झन्झट छैन।


🇳🇵 धेरै नेपालीहरूले दिल्ली लगायत भारतका अन्य सहरहरुमा  रक्त क्यान्सरको उपचार गराइरहेका छन्। तर बिदेशमा समस्याहरु हुन सक्छन :

❌ भाषाको समस्या
❌ अपरिचित वातावरण
❌ लामो बसाइ, खर्चिलो

अन्य मुख्य रक्त रोगहरू 

  • थालसेमिया
  • सिकल सेल एनिमिया
  • एप्लास्टिक एनिमियया
  •  ITP 
  •  हिमोफिलिया

उपचारका आधुनिक विकल्पहरू

💊 टार्गेटेड थेरापी – औषधिले क्यान्सर नियन्त्रण गर्ने
🧬 इम्युनोथेरापी – शरीरको प्रतिरक्षा प्रणाली प्रयोग गरेर उपचार गर्ने
⚡ किमोथेरापी
🔬 बोनम्यारो ट्रान्सप्लान्ट



📞 हामी तपाईंको साथमा छौं

रक्त क्यान्सर वा अन्य रक्त रोगसम्बन्धी जिज्ञासा, शंका वा उपचार आवश्यक छ भने ढुक्क भएर हामीलाई सम्पर्क गर्नुहोस्।

📍 ठेगाना: काठमाडौं क्यान्सर सेन्टर, भक्तपुर
📞 फोन: 01-5091629 | 📱 मोबाइल: 9818226237
🌐 वेबसाइट: www.kccrc.org
📧 इमेल: [email protected]

🟢 WhatsApp मा सिधा सन्देश पठाउनुस्:
👉 यहाँ क्लिक गर्नुहोस्

तपाईंको उपचार यात्रामा हामी सँगै छौं