Posted in

तरकारी को बिषादीले कम उमेरमै क्यान्सर : डा आबिश अधिकारी

विषादी भन्नाले सामान्यतया खेतीपाती मा प्रयोग हुने केमिकलहरु (insecticide र pesticide) लाई जनाउँछ। साथसाथै औद्योगिक र घरेलु प्रयोजनमा पनि विषादीको प्रयोग गरिन्छ।

हरेक वर्ष ३० हजारको हाराहारीमा नेपाली लाई क्यान्सर रोग लागिरहेको छ। यसरी भयावह रूपमा क्यान्सर रोग बढ्नुमा कुनै न कुनै रूपमा विषादीको पनि हात छ ।

विषादीको सम्बन्ध विशेष गरी लिम्फोमा (Lymphoma), रक्त क्यान्सर (Leukemia), फोक्सो(Lungs) र स्तन क्यान्सर(Breast), डिम्बाशयको (Ovarian) क्यान्सरसँग जोडिएको छ । क्यान्सर बाहेक अरू दीर्घ रोगहरूसँग पनि यसको सम्बन्ध छ। – World Health Organization

विशेष गरी बालबालिका र कम उमेरका व्यक्तिलाई विषादीको कारणले हुने क्यान्सरको जोखिम बढी छ । खेतमा काम गर्ने किसान र उनीहरूको परिवारलाई विषादीबाट हुने जोखिम पनि सामान्य मानिसभन्दा निकै बढी हुन्छ । खेतबारीमा अत्याधिक विषादीको प्रयोग गर्दा निकै लामो समयपछि पनि त्यसको अंश माटो र खानेकुरामा रहिरहन्छ ।

यसको नकारात्मक असर प्राय गरी दीर्घकालीन हुने हुनाले निकै वर्षपछि सम्म पनि देखिन्छ।

विषादी र क्यान्सरबाट बच्न के गर्ने?

विषादीबाट बच्ने सबैभन्दा राम्रो उपाय आफैं घर करेसा कौसीमा तरकारी उत्पादन गर्ने अथवा अर्ग्यानिक तरकारी फलफुलको प्रयोग हुनसक्छ ।

हाल विश्व स्वास्थ्य सङ्गठन (WHO) र अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी (IARC) ले तीन प्रकारका केमिकल लाई Group 1 carcinogen अर्थात् प्रमाणित रूपमा क्यान्सर गराउने भनेर वर्गीकृत गरेको छ। यो समूहमा Arsenic, lindane र ethylene oxide पर्दछन्। अरू छ वटा विषादीलाई Group 2A र सात वटा लाई Group 2B मा राखिएको छ । सरकारले पनि विषादीको जोखिमबारे जन चेतना कार्यक्रम, विषादी परीक्षण तथा कडा नियमन गरेमा यसको जोखिम घटाउन सकिन्छ ।

Latest posts

Leave a Reply