हाल फोक्सोको क्यान्सरको बिरामीलाई EGFR Mutation, ALK र ROS1 आदि जिनको को नियमित परिक्षण गरिन्छ । यसमा mutation देखिएको बिरामीले खाने चक्की Gefitinib, Erlotinib ,Osimertinib नेपालमै सुपथ मुल्यमा उपलब्ध छ । महंगो औषधी जस्तै Crizotinib पनि सहायतास्वरुप निसुल्क उपलब्ध छ ।
के तपाईलाई थाहा छ फोक्सोको क्यान्सर पुरुषमा देखिने सबैभन्दा मुख्य क्यान्सर हो?
कुल क्यान्सरबाट हुने मृत्युमध्ये २०% फोक्सोको क्यान्सरका कारण हुने भएकाले विकासोन्मुख देशहरूमा फोक्सोको क्यान्सरको महामारी फैलिने अनुमान गरिएको छ।
फोक्सोको क्यान्सरमा रोकथामका लागि सुर्ती, खैनी, चुरोट, हुक्का बाट टाढै रहनु पर्छ । सरकारले पनि चुरोट को प्याकेटमा चेतावनीमुलक सन्देश हालेको छ ।धेरै सिगरेट खाने मान्छेलाई CT Scan Screening गरेर फिक्सोको क्यान्सर पत्ता लाउन सकिन्छ भनेर नयां अध्ययन हरुले देखाएको छ ।
आजकल फोक्सोको क्यान्सरबाट बायोप्सी वा बिरामीको रगतबाट क्यान्सर कोशिकाहरू (तरल बायोप्सी) को विश्लेषण गरेर क्यान्सर मा भएका जिनहरु हुने परिवर्तनहरूको बारेमा राम्रो बुझ्न सकिन्छ । र केहि जिनमा भएको खराबीलाई ताकेर “मोलिकुलर टार्गेटेड थेरापी” भनेर चिनिने औषधिहरूको विकास भएको छ ।
हाल फोक्सोको क्यान्सरमा EGFR Mutation, ALK र ROS1 को नियमित परिक्षण गरिन्छ । र यसमा mutation देखिएको बिरामीले खाने Gefitinib, Erlotinib ,Osimertinib नेपालमै सुपथ मुल्यमा उपलब्ध छ । महंगो औषधी जस्तै Crizotinib पनि सहायतास्वरुप निसुल्क उपलब्ध छ ।
यस मोलिकुलर टार्गेटेड थेरापी केही फाइदाहरू:
- सामान्य कोशिकाहरूलाई क्षतिको जोखिम कम गर्नाले साइड इफेक्ट धेरै कम हुन्छ ।
- क्यान्सर कोशिकाहरूमा विशेष रूपमा कार्य गर्ने क्षमता
- क्यान्सर कोशिकाहरूको वृद्धि र फैलावटलाई लामो समय रोक्न सक्छ
- यी औषधी मध्ये धेरैलाई चक्कीको रूपमा लिइन्छ ताकि बिरामीले आफ्नो सामान्य जीवनशैली जारी राख्न सकून्।
फोक्सोको क्यान्सरमा आसाको अर्को किरण “इम्युनोथेरेपी” हो, जसले बिरामीको आफ्नै प्रतिरक्षा प्रणालीलाई पुन: सक्रिय बनाउँछ र फैलिएको फोक्सोको क्यान्सरलाई प्रभावकारी रूपमा उपचार गर्न सकिन्छ।
फोक्सको क्यान्सर बाहेक अन्य क्यान्सर जस्तै कलेजो , किडनी, स्तन , सारकोमा आदिको लागि पनि टार्गेटेड थेरापीको चक्की पाईन्छ ।
-डा आबिस अधिकारी
यसबाहेक उपर्युक्त बिरामीलाई केमोथेरापी वा रेडियोथेरापीबाट पनि उपचार गर्न सकिन्छ। यसको बारेमा थप जानकारी पाउन हामीलाई ०१-५०९१६२९ वा Whatsapp गर्न सक्नुहुन्छ ।