तपाईं वा तपाईंको परिवारको कसैलाई गलामा गाँठो देखिएको छ? क्यान्सर पो हो कि भनेर अत्तालिनु भएको छ भने ढुक्क हुनुहोस्। थाइरोइडका अधिकांश गाँठाहरू क्यान्सर हुँदैनन्, र यदि क्यान्सर नै भइहाले पनि यो पूर्ण रूपमा निको पार्न सकिने क्यान्सर हो।
भारतका शीर्ष क्यान्सर अस्पतालमा तालिमप्राप्त विशेषज्ञ डाक्टरहरूबाट काठमाडौं क्यान्सर केन्द्रमा सुरक्षित उपचार।
MBBS (BPKIHS) · MS ENT (IOM, TUTH) · Fellowship (Tata Memorial Hospital, Mumbai)
भारतको टाटा मेमोरियल अस्पताल (मुम्बई) बाट फेलोसिप प्राप्त तथा नेपाल र भारतका प्रमुख क्यान्सर अस्पतालहरूमा १३०० भन्दा बढी थाइरोइड शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्नुभएका डा. दीपक थाइरोइडको सूक्ष्म शल्यक्रिया मा विशेष अनुभव राख्नुहुन्छ।
डा. दीपकसँग परामर्श लिनुहोस्
MBBS · MS (AIIMS, New Delhi) · Specialist Head & Neck Surgery
भारतको प्रतिष्ठित AIIMS अस्पतालबाट उच्च शिक्षा तथा तालिम प्राप्त गर्नुभएका डा. रिजेन्द्र गलाका जटिल गाँठागुठी, गलगाँड, थाइरोइड क्यान्सर र नेक डिसेक्सन (Lymph Node Removal) शल्यक्रियाका अब्बल विशेषज्ञ हुनुहुन्छ।
डा. रिजेन्द्रसँग परामर्श लिनुहोस्मोरङकी २५ वर्षीया नर्स पूजा थापाको काठमाडौं क्यान्सर केन्द्रमा थाइरोइड क्यान्सरको सफल उपचार यात्रा
"म पेशाले एक नर्स हुँ। गलामा गाँठो देखिएपछि KCC मा आएर डा. दीपक यादवसँग परामर्श गरें र मलाई Papillary Thyroid Carcinoma भएको थाहा भयो। अप्रेशनपछि आवाज जाने वा गाह्रो हुने हो कि भन्ने डर थियो। तर डाक्टर साबको कुशल टिमले शल्यक्रिया गर्नुभयो र आज अप्रेशनको दोस्रो दिनमै म स्पष्ट बोल्न, खान, पिउन र हिँड्न सक्ने भएकी छु। क्यान्सरसँग डराउनु पर्दैन, समयमै देखाउनुहोस्!"
सुरुवाती अवस्थामा थाइरोइडमा दुख्ने समस्या नहुन सक्छ। यी लक्षण देखिएमा ध्यान दिनुहोस्:
गलाको तल पुतली आकारको ठाउँमा डल्लो देखिनु वा छाम्दा भेटिनु।
बिना कुनै रुघाखोकी आवाज लगातार भासिनु वा धोद्रो हुँदै जानु।
गाँठोले खाना नलीमा दबाब दिँदा निल्दा अड्किए जस्तो महसुस हुनु।
ट्युमर ठूलो भएर श्वासनलीमा थिचिन जाँदा सास फेर्न गाह्रो हुनु।
KCC मा एकै छानामुनि उपलब्ध साधारण र पीडारहित जाँचहरू:
गलाको बाहिरबाट गरिने भिडियो एक्स-रे। यसले गाँठोको आकार, संख्या र पानी वा कडा के हो भन्ने स्पष्ट पार्छ।
अल्ट्रासाउन्ड हेर्दै मसिनो सुईले गाँठोबाट थोरै पानी वा कोष निकालेर क्यान्सर छ/छैन पत्ता लगाउने साधारण प्रविधि।
थाइरोइड ग्रन्थिले सही मात्रामा हर्मोन बनाएको छ कि छैन भनेर जाँच्न T3, T4 र TSH रगत परीक्षण।
नेपालमै अन्तर्राष्ट्रिय स्तरको प्रविधि र दक्ष सर्जनहरूबाट उपचार पाउँदा भारत गइरहनुपर्दैन।
क्यान्सरयुक्त वा ठूलो गलगाँडलाई शल्यक्रियामार्फत निकालिन्छ। KCC मा स्वर नियन्त्रण गर्ने स्नायु र शरीरको क्याल्सियम सन्तुलन मिलाउने Parathyroid ग्रन्थि जोगाएर अत्याधुनिक तरिकाले अप्रेशन गरिन्छ।
शल्यक्रियापछि शरीरमा बाँकी रहेका क्यान्सर कोषहरूलाई नष्ट गर्न मुखबाट दिइने रेडियोआयोडिन उपचारका लागि KCC ले विशेषज्ञ टोलीमार्फत सम्पूर्ण योजना तथा समन्वय (Coordination) गर्दछ। यस उपचार प्रक्रियाका लागि बिरामीहरूले भारत वा अन्यत्र धाउनुपर्ने बाध्यता रहँदैन।
क्यान्सर नभएका (Benign) गाँठा वा सिस्टका लागि बिना कुनै चिरफार वा दाग नबस्ने गरी मसिनो सुईको मद्दतले गलाइने अत्याधुनिक Radiofrequency Ablation सेवा उपलब्ध छ।
हो, यदि पूरै थाइरोइड निकालिएको छ भने शरीरलाई चाहिने थाइरोक्सिन हर्मोनका लागि दिनको एउटा साधारण गोली (Levothyroxine) नियमित खानुपर्छ। यो गोली खानु निकै सजिलो छ र यसले सामान्य जीवनयापनमा कुनै असर पार्दैन।
अवश्य सकिन्छ! थाइरोइड शल्यक्रिया र उपचार पछि महिलाहरूले स्वस्थ बच्चा जन्माउन सक्छन्। केवल गर्भावस्थाको समयमा डाक्टरको सल्लाह बमोजिम थाइरोक्सिन गोलीको मात्रा मिलाउनु पर्छ।
पर्दैन। काठमाडौं क्यान्सर केन्द्र (KCC) मा टाटा मेमोरियल र AIIMS मा तालिमप्राप्त विशेषज्ञ डाक्टरहरू, अत्याधुनिक शल्यक्रिया कक्ष र Radioiodine I-131 थेरापी सबै नेपालमै सुलभ खर्चमा उपलब्ध छन्।
तपाईंसँग थाइरोइडको कुनै रिपोर्ट, भिडियो एक्स-रे वा FNAC छ भने सिधै हाम्रा विशेषज्ञ डाक्टरलाई व्हाट्सएपमा पठाएर तुरुन्तै सही मार्गदर्शन पाउन सक्नुहुन्छ।
काठमाडौं क्यान्सर केन्द्र, ताथली, भक्तपुर (अस्पतालसम्म आउन पिकअप सुविधा उपलब्ध छ)