New KCC City Clinic —  New Baneshwor → is now open.
भाषा: 🇬🇧 English 🇳🇵 नेपाली
नेपालमै उपलब्ध

इम्युनोथेरापी
अब काठमाडौंमै।

तपाईंलाई भनिएको होला: "इम्युनोथेरापी नेपालमा छैन" वा "यो धेरै महंगो छ।" दुवै कुरा अब सत्य होइनन्। उपलब्ध छ।

२०२२ देखि KCC मा इम्युनोथेरापी
~६०% भारतको तुलनामा औषधि खर्च
JCO 2026 · Phase III · Tata Memorial Hospital

DELII परीक्षण:
Ultra-low dose Nivolumab ले
केमोथेरापीलाई उछिन्यो।

DELII ट्रायलमा मात्र 20 mg Nivolumab हरेक दुई हप्तामा (स्ट्यान्डर्ड 240 mg डोजको १/१२ भाग) प्रयोग गरियो। ५०० जनाभन्दा बढी advanced solid cancer बिरामीमा: ultra-low dose ले जीवनकाल लम्ब्यायो, साइड इफेक्ट घटायो, र जीवन गुणस्तर सुधार्यो।

"के इम्युनोथेरापी धेरै कम डोजमा पनि असरदार हुन्छ — ताकि उपचार किफायती र जीवन बचाउने क्षमता कायम रहोस्?"

— Noronha et al., Journal of Clinical Oncology, 2026

KCC सन् २०२२ देखि यही flexible dosing प्रयोग गर्दै आएको छ। DELII ले पछि पुष्टि गरेको हो — सुरुवात होइन।

📊 DELII नतिजा — ५०० बिरामी · Advanced solid cancers
परिणाम केमोथेरापी Ultra-low Nivolumab
मध्य जीवनकाल ४.७ महिना ५.८८ महिना ↑
१-वर्ष जीवित दर १६.९% २७.३% ↑
गम्भीर साइड इफेक्ट (Grade ≥3) ६०% ४२% ↓
जीवन गुणस्तर सामान्य सुधार
प्रति इन्फ्युजन खर्च स्ट्यान्डर्डको ~८%
1:12

Ultra-low vs स्ट्यान्डर्ड डोज अनुपात

JCO

Journal of Clinical Oncology — 2026

खर्च तुलना

भारत नगई
उपचार खर्च धेरै कम।

भारतमा स्ट्यान्डर्ड डोज Nivolumab (240 mg) प्रति इन्फ्युजन ≈ ₹२,२३,३७७। KCC मा DELII-प्रमाणित ultra-low dose (20 mg) मा प्रति इन्फ्युजन रु. १८,०००–२५,०००। अनि उडान, होटल, खाना, कुरुवा — ती खर्च त छुट्टै।

  • उडान/होटल खर्च शून्य — घरबाटै उपचार
  • WhatsApp मा रिपोर्ट पठाउनुहोस् — २४ घण्टामा लिखित खर्च अनुमान
  • NCCN/ESMO प्रोटोकल, AIIMS/Tata Memorial प्रशिक्षित टोली
💰 लागत अनुमान लिनुहोस्

Nivolumab — प्रति इन्फ्युजन खर्च तुलना

भारत — स्ट्यान्डर्ड डोज (240 mg) ≈ ₹2,23,377
KCC — Ultra-low dose (20 mg) ≈ रु. १८,०००–२५,०००
KCC मा उपलब्ध औषधिहरू

चेकपोइन्ट इन्हिबिटर र
टार्गेटेड थेरापी — नेपालमै

Nivolumab
Opdivo · PD-1 Inhibitor
✓ उपलब्ध
  • टाउको/घाँटी क्यान्सर (HNC)
  • फोक्सो क्यान्सर (NSCLC)
  • Esophageal क्यान्सर
  • MSI-H ट्युमर
  • Bladder क्यान्सर
उपलब्धता र मूल्य पुष्टि गर्नुहोस्
Pembrolizumab
Keytruda · PD-1 Inhibitor
✓ उपलब्ध
  • फोक्सो (PD-L1 ≥50%)
  • सर्भिकल क्यान्सर + Bevacizumab
  • Triple-negative स्तन क्यान्सर
  • MSI-H ट्युमर (कुनै पनि अंग)
  • Colorectal (MSI-H)
पुष्टि गर्नुहोस्
Durvalumab
Imfinzi · PD-L1 Inhibitor
पुष्टि आवश्यक
  • फोक्सो (Stage III, CRT पछि)
  • Biliary tract / Cholangiocarcinoma
  • Bladder क्यान्सर
यात्रा अघि कन्फर्म गर्नुहोस्
Targeted Therapy
Trastuzumab · Bevacizumab · Rituximab
✓ उपलब्ध
  • Trastuzumab — HER2+ स्तन/ग्यास्ट्रिक
  • Bevacizumab — Colorectal, फोक्सो, सर्भिकल
  • Rituximab — Lymphoma, CLL
आफ्नो रिपोर्ट WhatsApp गर्नुहोस्

✈️ यात्रा अघि जानकारी लिनुहोस्: आफ्नो डाक्टरको उपचार प्रोटोकल (औषधि, डोज, चक्र) र हालको रिपोर्ट WhatsApp गर्नुहोस् — 9818-226237। २४–४८ घण्टाभित्र लिखित जवाफ।

इम्युनोथेरापीको विज्ञान

कसरी काम गर्छ?
सरल भाषामा।

०१
क्यान्सर प्रतिरोधात्मक प्रणालीबाट लुक्छ
क्यान्सर कोषले PD-L1 प्रोटिनको माध्यमबाट T-cell को "off switch" थिच्छ — शरीरको सुरक्षा प्रणाली निष्क्रिय हुन्छ।
०२
Checkpoint inhibitor — off switch हटाउँछ
Nivolumab / Pembrolizumab ले PD-1 रिसेप्टर ब्लक गर्छ। T-cell ले फेरि क्यान्सर पहिचान गरी आक्रमण थाल्छ।
०३
३०–६० मिनेटको IV infusion, हरेक २–४ हप्ता
कपाल झर्दैन। नराम्रो वाकवाकी हुँदैन। उपचारको क्रममा सामान्य जीवन सम्भव छ।

बायोमार्कर परीक्षण
KCC प्रयोगशालामै

  • PD-L1 (TPS/CPS)
    फोक्सो र HNC मा प्रभावकारिता सूचक। स्कोर जति बढी, इम्युनोथेरापीको फाइदा उति बढी।
  • MSI / MMR Status
    MSI-High ट्युमरमा Pembrolizumab अत्यन्त प्रभावकारी — कुनै पनि अंगको क्यान्सरमा।
  • TMB (Tumour Mutational Burden)
    उच्च TMB भएकोमा checkpoint inhibitor बढी असरदार।
  • HER2 / EGFR / ALK
    targeted therapy को लागि — KCC मा IHC र FISH उपलब्ध।

💡 अन्यत्र बायोप्सी गरिएको छ भने paraffin block वा unstained slides ल्याउनुहोस् — नयाँ बायोप्सी आवश्यक नहोला।

डा. सिमित सापकोटाको व्याख्या

इम्युनोथेरापी भनेको के?
तपाईंकै भाषामा।

KCC का Oncologist डा. सिमित सापकोटाले इम्युनोथेरापीको सिद्धान्त, कसरी काम गर्छ, र नेपालमा कसरी उपलब्ध छ भनेर सरल नेपालीमा बुझाउनुहुन्छ।

तपाईंको प्रश्न डाक्टरको टोलीलाई सोध्नुहोस्
अर्को पुस्ताको इम्युनोथेरापी

CAR-T Cell Therapy —
नेपालमै पहिलो पटक।

बिरामीकै T-कोषहरू लिएर प्रयोगशालामा geneticaly reprogram गरी क्यान्सर नष्ट गर्न पठाइन्छ। DLBCL, Multiple Myeloma लगायत रक्त क्यान्सरमा जीवन बचाउने सफलता देखिएको छ। KCC नेपालको पहिलो CAR-T programme।

CAR-T vs Checkpoint Inhibitors

Checkpoint inhibitors

T-कोषको "off switch" हटाउँछ। Genetic modification छैन। Solid tumours मा बढी प्रयोग।

CAR-T Therapy

T-कोष लिएर CAR receptor राखिन्छ — एकपटकको "living" उपचार। Blood cancers मा विशेष प्रभावकारी।

क्यान्सर प्रकार अनुसार

KCC मा कुन क्यान्सरको उपचार
इम्युनोथेरापीले हुन्छ?

बायोमार्कर, Stage र MDT Tumour Board मूल्याङ्कनपछि मात्र औषधि निर्णय गरिन्छ।

नेपाल वा भारत?

एउटै इम्युनोथेरापी —
भारतको यात्रा बिना।

🇮🇳 भारत (RGCI / Tata / Apollo)

  • उही औषधि — तर विदेशी बिल र स्ट्यान्डर्ड डोजको ठूलो खर्च
  • उडान + होटल + खाना + कुरुवाको आम्दानी गुम्ने — ४–१० लाख थप
  • परिवारबाट टाढा, हरेक इन्फ्युजनमा एक्लो
  • भाषाको अवरोध, अर्को देशको प्रशासन

🇳🇵 KCC नेपाल

  • NCCN/ESMO प्रोटोकल — AIIMS/Tata Memorial प्रशिक्षित डाक्टर
  • उडान/होटल शून्य — घरबाटै उपचार
  • परिवारसँगै हरेक इन्फ्युजन
  • नेपालीमै डाक्टरसँग परामर्श, MDT Tumour Board
प्रश्न र उत्तर

इम्युनोथेरापीबारे
हरेक जिज्ञासाको जवाफ

"इम्युनोथेरापी असम्भव थियो"
अब सम्भव छ — नेपालमै।

आजै WhatsApp मा रिपोर्ट पठाउनुहोस

KCC, ताथली, भक्तपुर · आइतबार–शुक्रबार ९ बजे–५ बजे · [email protected]