New KCC City Clinic in New Baneshwor is now open.
English | नेपाली
स्तन क्यान्सरको अत्याधुनिक उपचार 🌐 English

नेपालमै स्तन क्यान्सरको पूर्ण उपचार
सबै सेवा अब एकै छनानामुनि।

🇳🇵 समयमै पहिचान भए स्तन क्यान्सर पूर्ण रूपमा निको हुन सक्छ।

प्रारम्भिक चरणमा पत्ता लागेका धेरैजसो स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ। काठमाडौँ क्यान्सर सेन्टर (KCC) मा हामी बायोमार्कर परीक्षणमार्फत क्यान्सरको प्रकृति बुझेर सोही अनुसारको उपचार — शल्यक्रिया, आधुनिक रेडियोथेरापी, किमोथेरापी, टार्गेटेड थेरापी र इम्युनोथेरापी — प्रदान गर्दछौँ।

KCC नेपालमा डिजिटल म्यामोग्राम स्क्रिनिङ

डिजिटल म्यामोग्राम प्रविधि

हाम्रो अनुभव र सोच

कपडा फेर्दै गर्दा पहिलोपटक स्तनमा सानो गिर्खा महसुस भयो... धेरैजसो बिरामीहरूको कथा यसरी नै सुरु हुन्छ। सुरुमा धेरैलाई डर लाग्नु वा दुख्दैन भनेर बेवास्ता गर्नु स्वाभाविक हो। तर क्यान्सरको शङ्का लाग्नु भनेको नडराई सहि कदम चाल्ने समय हो।

आजको आधुनिक चिकित्सा प्रविधिले स्तन क्यान्सरको उपचारलाई धेरै सरल र प्रभावकारी बनाएको छ। धेरैजसो अवस्थामा पूरै स्तन नहटाई ट्युमर मात्र निकालेर (स्तन जोगाउने शल्यक्रिया) उपचार गर्न सकिन्छ। त्यसैगरी, सही औषधिको छनोटले क्यान्सर निको हुने सम्भावना एकदमै उच्च रहन्छ।

छोरी, बहिनी वा परिवारका सदस्यहरूका लागि विशेष जानकारी: यदि तपाईंको घरमा आमा, दिदीबहिनी वा आफन्तलाई स्तनमा गिर्खा वा केही परिवर्तन देखिएको छ भने, उहाँहरूलाई परामर्शका लागि प्रोत्साहन गर्नुहोस्। KCC मा हाम्रा अनुभवी महिला डाक्टरहरू र संवेदनशील टिमले गोपनीयता कायम राख्दै सहज वातावरणमा परामर्श उपलब्ध गराउनुहुन्छ।

मुख्य तथ्यहरू

स्तन क्यान्सर उपचार: मुख्य कुराहरू

बायोमार्कर र प्रकार

प्रत्येक स्तन क्यान्सर फरक हुन्छ। बायोप्सी रिपोर्टमा हुने ER, PR, HER2, र Ki-67 को अवस्था अनुसार नै हर्मोन थेरापी वा टार्गेटेड थेरापी तय गरिन्छ।

स्तन जोगाउने शल्यक्रिया

प्रारम्भिक चरणमा लम्पेक्टमी (Lumpectomy) मार्फत ट्युमर मात्र निकालेर स्तन जोगाउन सकिन्छ। धेरैजसो अवस्थामा पूरै स्तन हटाउनु (Mastectomy) पर्दैन।

HER2 टार्गेटेड थेरापी

HER2-Positive क्यान्सरमा Trastuzumab (Herceptin)Pertuzumab जस्ता आधुनिक टार्गेटेड औषधिहरू नेपालमै सर्वसुलभ उपलब्ध छन्।

मुटु सुरक्षित राख्ने रेडियोथेरापी

देब्रे स्तनको क्यान्सरमा सेकाइ गर्दा मुटुलाई सुरक्षित राख्न KCC मा DIBH (Deep Inspiration Breath Hold) प्रविधिको प्रयोग गरिन्छ।

क्यान्सरको प्रकृति

स्तन क्यान्सरका प्रकारहरू

स्तन क्यान्सरको उपचार ट्युमरको आकारमा मात्र होइन, त्यसको बायोलोजी (बायोमार्कर) मा निर्भर हुन्छ।

IHC बायोमार्कर रिपोर्ट

बायोप्सी रिपोर्ट कसरी बुझ्ने?

बायोप्सी गर्दा IHC (Immunohistochemistry) परीक्षणमार्फत क्यान्सर कोषमा कुन प्रोटिन वा हर्मोन रिसेप्टर छन् भनी हेरिन्छ। यसैका आधारमा सही उपचार रणनीति बनाइन्छ।

Luminal A
~40%
ER+/PR+, HER2-, Ki-67 कम। हर्मोन थेरापीले धेरै राम्रो काम गर्छ।
Luminal B
~20%
ER+, HER2+ वा उच्च Ki-67। हर्मोन + टार्गेटेड/किमोथेरापी आवश्यक।
HER2-Enriched
~15%
ER-, PR-, HER2+। HER2 टार्गेटेड थेरापीले उत्कृष्ट नतिजा दिन्छ।
Triple-Negative
~15%
ER-, PR-, HER2-। किमोथेरापी र इम्युनोथेरापीमार्फत उपचार गरिन्छ।
ER / PR (इस्ट्रोजन / प्रोजेस्टेरोन)
पोजेटिभ भएमा हर्मोन ब्लक गर्ने औषधिहरू (जस्तै Tamoxifen) प्रयोग गरिन्छ।
HER2 (Human Epidermal Growth Factor)
पोजेटिभ भएमा Trastuzumab जस्ता विशेष टार्गेटेड औषधि प्रयोग गरिन्छ।
Ki-67 प्रोलिफेरेसन इन्डेक्स
क्यान्सर कोषहरू कत्तिको छिटो बढिरहेका छन् भन्ने यसले जनाउँछ।
पहिचान र लक्षण

स्तनमा गिर्खा वा लक्षण देखिएमा के गर्ने?

स्तनमा देखिने सबै गिर्खा क्यान्सर हुँदैनन् (करिब ८०% गिर्खा सामान्य मासु वा सिस्ट हुन्)। तर सही समयमा जँचाउनु बुद्धिमानी हुन्छ।

ध्यान दिनुपर्ने मुख्य लक्षणहरू

स्तन वा काखीमा गिर्खा देखिनु नदुख्ने, कडा र नहल्लिने गिर्खा क्यान्सरको प्रमुख लक्षण हुन सक्छ।
स्तनको आकार वा छालामा परिवर्तन छाला खाल्डो पर्नु (Dimpling) वा सुन्तलाको बोक्रा जस्तै हुनु।
निप्पलबाट रगत वा पानी बग्नु विशेष गरी एउटा मात्र स्तनको निप्पलबाट आफैँ रगत वा तरल पदार्थ आउनु।
निप्पल भित्रतर्फ भासिनु पहिले सामान्य रहेको निप्पल एकाएक भित्रतर्फ तानिनु वा भासिनु।

Triple Assessment जाँच

स्तन क्यान्सरको सही पहिचानका लागि KCC मा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ३-चरणको परीक्षण गरिन्छ:

  1. विशेषज्ञद्वारा शारीरिक जाँच (Clinical Exam): क्यान्सर विशेषज्ञ डाक्टरद्वारा स्तन र काखीको परीक्षण।
  2. रेडियोलोजी जाँच (Digital Mammogram / USG): स्तनको भित्री बनावट हेर्न म्यामोग्राम वा अल्ट्रासाउन्ड।
  3. कोर निडल बायोप्सी (Core Biopsy): गिर्खाबाट सानो नमुना निकालेर ल्याबमा जाँच (FNAC भन्दा बायोप्सी नै बढी भरपर्दो हुन्छ)।
डिजिटल म्यामोग्रामबारे थप जान्नुहोस् ›
उपचार प्रक्रिया

उपचारको समग्र चरण (Pathway)

क्यान्सरको चरण र प्रकार अनुसार उपचारको क्रम मिलाइन्छ। धेरैजसो बिरामीको उपचार शल्यक्रिया वा किमोथेरापीबाट सुरु हुन्छ।

सही पहिचान

म्यामोग्राम, कोर बायोप्सी र IHC बायोमार्कर रिपोर्ट।

प्राथमिक उपचार

शल्यक्रिया (Surgery) वा ट्युमर घटाउन सुरुमा दिइने किमो (Neoadjuvant Chemo)।

शल्यक्रिया

स्तन जोगाउने (BCS) वा पूरै स्तन हटाउने (Mastectomy) शल्यक्रिया।

रेडियोथेरापी

स्थानीय रूपमा क्यान्सर दोहोरिन नदिन रेडियोथेरापी सेकाइ (DIBH IMRT)।

दीर्घकालीन सुरक्षा

हर्मोन थेरापी, टार्गेटेड थेरापी वा नियमित फ्लो-अप।

शल्यक्रिया सेवा

स्तन क्यान्सरको शल्यक्रिया

KCC मा हाम्रा क्यान्सर शल्यचिकित्सक (Onco-surgeons) हरूले सम्भव भएसम्म स्तन जोगाउने शल्यक्रियालाई प्राथमिकता दिनुहुन्छ।

मेडिकल अन्कोलोजी

टार्गेटेड, हर्मोन र किमोथेरापी

रगतमार्फत शरीरभरिका क्यान्सर कोषहरू नष्ट गर्न र दोहोरिन नदिन आधुनिक औषधिहरूको प्रयोग गरिन्छ।

HER2-Positive क्यान्सरका लागि विशेष उपचार

HER2-Positive क्यान्सरमा क्यान्सर कोषहरू छिटो बढ्ने गर्छन्। तर टार्गेटेड थेरापीले क्यान्सर कोषलाई मात्र लक्षित गरी नष्ट गर्छ, जसले गर्दा सामान्य कोषलाई असर पर्दैन। KCC मा यी सबै औषधि उपलब्ध छन्:

हर्मोन थेरापी (Hormone / Endocrine Therapy)

ER/PR पोजेटिभ क्यान्सरमा इस्ट्रोजन हर्मोनले क्यान्सर बढाउन मद्दत गर्छ। हर्मोन थेरापीले यो हर्मोनलाई ब्लक गर्छ। यो दैनिक खाइने चक्की (Tablet) को रूपमा ५ देखि १० वर्षसम्म प्रयोग गरिन्छ।

Tamoxifen Letrozole Anastrozole CDK4/6 Inhibitors (Ribociclib)

किमोथेरापी र इम्युनोथेरापी

जरुरत अनुसार शल्यक्रिया अघि (Neoadjuvant) वा पछि (Adjuvant) डे-केयर किमोथेरापी दिइन्छ। Triple-Negative क्यान्सरमा इम्युनोथेरापी (Pembrolizumab) को प्रयोग गरिन्छ।

शल्यक्रिया अघि

Neoadjuvant Chemo

ट्युमरको आकार घटाएर स्तन जोगाउने शल्यक्रिया सम्भव बनाउन।

शल्यक्रिया पछि

Adjuvant Chemo

शरीरमा बाँकी रहेका सुक्ष्म क्यान्सर कोष नष्ट गर्न।

रेडियोथेरापी

मुटु सुरक्षित राख्ने अत्याधुनिक सेकाइ

स्तन जोगाउने शल्यक्रियापछि वा क्यान्सर काखीको ग्रन्थीसम्म फैलिएको अवस्थामा रेडियोथेरापी अनिवार्य हुन्छ।

के अपेक्षा गर्ने?

KCC मा उपचारको यात्रा

पहिलो परामर्शदेखि उपचारपछिको नियमित हेरचाहसम्म KCC तपाईंको साथमा रहन्छ।

पहिलो परामर्श र जाँच

हाम्रा क्यान्सर विशेषज्ञ डाक्टरले तपाईंको अवस्था, रिपोर्ट र लक्षणको अध्ययन गर्नुहुन्छ। आवश्यक परे म्यामोग्राम वा बायोप्सी गरिन्छ।

मल्टिडिसिप्लिनरी ट्युमर बोर्ड (MDT)

सर्जन, मेडिकल अन्कोलोजिस्ट, र रेडिएसन अन्कोलोजिस्ट मिलेर तपाईंको रिपोर्ट अनुसार सबैभन्दा उत्तम उपचार योजना तय गर्नुहुन्छ।

प्राथमिक उपचार (शल्यक्रिया वा किमो)

योजना अनुसार शल्यक्रिया वा ट्युमर घटाउन किमोथेरापी सुरु गरिन्छ।

रेडियोथेरापी (आवश्यकता अनुसार)

शल्यक्रियापछि क्यान्सर पुनः दोहोरिन नदिन केही हप्ताको रेडियोथेरापी सेकाइ गरिन्छ।

टार्गेटेड / हर्मोन थेरापी

बायोमार्कर (ER/HER2) अनुसार हर्मोनको चक्की वा टार्गेटेड सुई (Trastuzumab) सुरु गरिन्छ।

दीर्घकालीन फलो-अप र रिकभरी

उपचार सकिएपछि नियमित जाँच, फिजियोथेरापी र पोषण परामर्श प्रदान गरिन्छ।

नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्तन क्यान्सर उपचार

यदि तपाईं वा तपाईंको परिवारमा कसैलाई स्तनमा गिर्खा देखिएको छ, वा भारत वा अन्य अस्पतालमा गराएको रिपोर्टबारे दोस्रो राय (Second Opinion) चाहिएको छ भने KCC मा सम्पर्क गर्नुहोस्।

व्हाट्सएपमा म्यासेज गर्नुहोस् ०१-५०९१६२९ मा फोन गर्नुहोस्
आम जिज्ञासाहरू

स्तन क्यान्सरसम्बन्धी धेरै सोधिने प्रश्नहरू

के स्तन क्यान्सर भएपछि पूरै स्तन हटाउनै पर्छ?
पर्दैन। प्रारम्भिक चरणमा पत्ता लागेका धेरैजसो बिरामीहरूमा ट्युमर मात्र निकालेर (Lumpectomy) स्तन सुरक्षित राख्न सकिन्छ। शल्यक्रियापछि रेडियोथेरापी दिँदा पूरै स्तन निकाले सरहकै सुरक्षा र उत्कृष्ट नतिजा प्राप्त हुन्छ।
HER2-Positive स्तन क्यान्सर भनेको के हो?
यो क्यान्सर कोषमा HER2 नामक प्रोटिनको मात्रा बढी भएको अवस्था हो। विगतमा यसलाई जटिल मानिन्थ्यो, तर अहिले Trastuzumab (Herceptin) जस्ता टार्गेटेड औषधिहरू उपलब्ध भएकाले यसको उपचार धेरै सफल र प्रभावकारी भएको छ।
DIBH प्रविधिले देब्रे स्तनको रेडियोथेरापी गर्दा मुटु कसरी सुरक्षित राख्छ?
देब्रे स्तनको ठीक पछाडि मुटु हुन्छ। DIBH प्रविधिमा सेकाइ गर्ने समयमा बिरामीले गहिरो सास लिएर रोक्नुहुन्छ, जसले गर्दा फोक्सो फुलेर मुटुलाई स्तनको भागबाट पछाडि धकेल्छ। यसले गर्दा रेडिएसन मुटुसम्म पुग्दैन र मुटु सुरक्षित रहन्छ।
भारतमा सुरु भइसकेको उपचार KCC मा निरन्तरता दिन मिल्छ?
अति उत्तम रूपमा मिल्छ। भारतका प्रमुख क्यान्सर अस्पतालहरूमा प्रयोग हुने अन्तर्राष्ट्रिय गाइडलाइन (NCCN) अनुसार नै KCC मा उपचार गरिन्छ। भारतबाट ल्याइएका फाइल र रिपोर्टका आधारमा बिना कुनै ढिलाइ यहाँ उपचार निरन्तर गर्न सकिन्छ।
परिवारमा कसैलाई स्तन क्यान्सर थियो भने अरूलाई हुने जोखिम कति हुन्छ?
करिब ५ देखि १० प्रतिशत स्तन क्यान्सर वंशानुगत (Genetic) हुन्छन्। यदि परिवारमा आमा, दिदीबहिनी वा छोरीलाई सानै उमेरमा स्तन वा पाठेघरको क्यान्सर भएको इतिहास छ भने BRCA1/BRCA2 जेनेटिक टेस्ट र समय-समयमा म्यामोग्राम जाँच गराउनुपर्छ।